२०८३ जेष्ठ १ गते, शुक्रबार १६:४४
  • को-को हुन् बायुसेवा निगमको सञ्चालक सदस्यमा नियुक्त पाँच जना

    काठमाडौं -नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदमा नियुक्त हुने ५ जनाको नाम सार्वजनिक भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुल्ला प्रतिस्प्रर्धाबाट छनोट भएकाहरुको नाम सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन आउन भनेको छ।

    संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बैशाख १२ गते निगमको सञ्चालक सदस्य पदका लागि आवेदन माग गरेको थियो। जस अनुसार २७ वटा आवेदन परेको थियो। आवेदन परेका मध्ये कास्की पोखराका डा.दीपकप्रसाद बास्तोला, चितवन भरतपुरका प्रविन भट्टराई ललीतपुरका महेन्द्रभक्त श्रेष्ठ, काठमाडौं गोकर्णेश्वरकी रूपा लामिछाने स्या र स्याङ्जा आँधीखोलका लिलाराज ढकाल छनोट भएको मन्त्रालयले जनाएको छ।

    शैक्षिक योग्ता र अनुभव, व्यवसायीक कार्ययोजना परिक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा निगमको सञ्चालक सदस्यको लागि नियुक्त गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।