२०८३ जेष्ठ ११ गते, सोमबार २३:५९
  • लुम्बिनीको नीति कार्यक्रममा पर्यटनः आरोग्य हबदेखी सिल्भर ट्रिङ्गलसम्म


    बुटवल – लुम्बिनी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३ ८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रलाई आरोग्य हबको रुपमा विकास गर्ने कुरा उल्लेख छ। प्रदेशका मुख्य पर्यटकीय गन्तव्यहरुमा आरोग्य पर्यटन प्रवद्र्धन गर्ने बताइएको छ।

    प्रदेश प्रमुख कृष्णबहादुर घर्ति मगरले बाचन गरेको नीति तथा कार्यक्रममा एकिकृत पर्यटन डिजिटल प्लेटफम बारे पनि भनिएको छ। नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०८५ कार्यक्रमबाट लाभ लिन लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरि बसाई अवधि लम्ब्याउन र उनीहरुको खर्च पनि बढाउन एकिकृत पर्यटन डिजिटल प्लेटफम मार्फत प्रचार प्रसार गर्नुका साथै पर्यटकीय पूर्वाधार विकास गर्ने कार्यलाई जोड दिइने छ। नीति कार्यक्रममा उल्लेख छ।

    रोल्पा र रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सहाशिक पर्यटन प्रवद्र्धन गर्ने, पूथा हिमालमा बेसक्याम्प निर्माण गर्ने योजना पनि नीति कार्यक्रममा छ। विभिन्न जिल्लाका मुख्य पर्यटकीय गन्तव्यहरुलाई संरक्षण तथा प्रवद्र्धनलाई निरन्तरता दिने, दाङको कोइलाबासदेखी गोरक्ष रत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथको रुपमा विकास गरिने, लुम्बिनी देखि मुक्तिनाथसम्म धार्मिक परिपथको रुपमा प्रवद्र्धन गर्ने प्रदेश सरकारको योजना छ।

    लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर सिल्भर ट्रिंगलको रुपमा विकास गर्ने योजना पनि नीति कार्यक्रममा उल्लखे छ। त्यस्तै समुदायमा आधारित पर्यटनको विकास तथा प्रवद्र्धन, होमस्टेलाई प्रोत्साहनका कुरा पनि प्रदेश सभामा प्रस्तुत नीति कार्यक्रममा समेटिएको छ।