२०८१ आश्विन २१ गते, सोमबार १३:०९
  • आज ४४औँ विश्व पर्यटन दिवस मनाइँदै

    बुटवल-आज ४४औँ विश्व पर्यटन दिवस मनाइँदै छ। प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन पर्यटन दिवस मनाउने गरिएको छ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्।

    ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ। यस्तै रुपन्देहीमा पनि बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने पर्यटकलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ।

    कोभिड–१९ को महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किन लागेको छ। बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ। विशव पर्यटन सङ्गठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ । विश्वव्यापी रुपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ ।