२०८१ आश्विन २१ गते, सोमबार १३:१३
  • पर्यटन दिवसमा लुम्बिनीमा चिन र फ्रान्सका पर्यटकलाई स्वागत

    लुम्बिनी-विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा चिन र फ्रान्सका पर्यटकलाई स्वागत गरिएको छ। पर्यटन दिवसका दिन मायादवी मन्दिरमा पहिलो प्रवेश गर्ने दुई विदेशी पर्यटकलाई स्वागत गरिएको हो। लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले पर्यटकलार्इ स्वागत गरेरसंयुक्त रुपमा दिवस मनाएका हुन्।

    सो अवसरमा कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले दुई पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउदै लुम्बिनि भ्रमणका लागि आह्वान गरे। उनले पर्यटन दिवसको अवसरमा लुम्बिनीलाई बौद्विष्टहरूको भ्रमण केन्द्रको शुरूवात बनाउन आग्रह गरे।

    कार्यक्रममा लुम्बीनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए।

    सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीयणण विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो। लुम्बिनीमा पछिल्लो बर्ष पर्यटकहरू बढदै गएको सुचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राइले जानकारी दिए।