२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • गोल्डेन ट्रयांगल बाइक टुरको टोलीलाई जितगढीमा स्वागत


    बुटवल-गोल्डेन बाइक टुरको टोलीलाई बुटवलमा स्वागत गरिएको छ। विश्व पर्यटन दिवसका दिन काठमाडौँबाट मोटरसाइकिल यात्रा सुरु गरेको टोली विहिवार बेलुका बुटवल आएको थियो । शुक्रबार विहान होटल तथा पर्यटन व्यव्सायीहरुले ऐतिहासिक जितगढी किल्लामा स्वागत गरेका थिए।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पर्यटन प्रवद्र्धनको लागि हिडेका मोटरसाइकिल यात्रीहरुलाई स्वागत गरिएको थियो। सो अवसरमा नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले जितगढी नेपाली सेनाले अंग्रेजलाई विरतापूर्वक हराएको ठाउँ भएको भन्दै यसको थप पर्यटकीय विकासमा सबैको चासो हुनुपर्ने उल्लेख गरिन्। उनले जितगढीको प्रवद्र्धनमा सघाउ पुर्याएकोमा बाइक टुरको टोलीलाई धन्यवाद व्यक्त गरिन्।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले यस अघि पर्यटन बोर्डले जितगढी किल्लाको प्रवद्र्धनमा ध्यान नदिएको उल्लेख गरे। उनले यात्राबाट जितगढीबारे पर्यटन बोर्डले पनि चासो राख्ने आशा व्यक्त गरे।

    सो अवसरमा गोल्डेन गोल्डेन ट्रयांगल बाइक टुरका संयोजक विष्णु विवेकले कोरोनापछि सुस्त गतिमा अघि बढेको पर्यटन क्षेत्रलाई अझ चलायमान बनाउन सकिन्छ उदेश्यले मोटरसाइकिल यात्रा गरिएको बताए। जितगढी नेपालीहरुको विरगाथा झल्कने ठाउँ भएको भन्दै यसको थप प्रवद्र्धन जरुरी रहेको उल्लेख गरे।

    कार्यक्रममा साहित्यकार तथा लेखक देवेन्द्रराज शाक्यले तयार पारेको जितगढीको ब्रोसर समेत सार्वजनिक गरिएको थियो।
    एनटिपी मल्टिमिडिया ग्रुपपले एक्सपल्स राइडर्स क्लबसँग मिलेर बाइक टुर आयोजना गरेको हो। नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, एफएनसिसिआई लगायत संघ(संस्थासँगको समन्वय तथा सहकार्यमा भएको मोटरसाइकल यात्रामा पत्रकार, कलाकार, साहित्यकार, बाइकरसहित एक सय जनाको राइडर्सको सहभागीता छ।

    विश्व पर्यटन दिवसको दिन काठमाडौबाट सुरु भएको यात्रा, मकवानपुर, पर्सा, चितवन नवलपरासी हुँदै रुपन्देही आइपुगेको हो। टोली आज पाल्पा प्रस्थान गरेको छ।