२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • चितवन राष्ट्रिय निकुञ्जमा बर्षायाममा बन्द गरिएको जीप सफारी खुला

    चितवन -चितवन राष्ट्रिय निकुञ्जमा बर्षाका कारण बन्द भएको जीप सफारी खुला गरिएको छ । प्रत्येक वर्ष बर्षायाममा डुंगा र जिप सफारी बन्द गर्ने गरिएको छ। वर्षातसँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो।

    तीन महिनापछि मंगलबारबाट निकुञ्जभित्र जिप सफारी खुल्ला गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद अधिकारीले जानकारी दिए। जिप सफारीसँगै निकुञ्जले ढुंगा सफारी पनि रोक लगाएको थियो। डुंगा सफारी भने केही पहिले खुला गरिएको थियो। हाल होटल व्यवसायीहरूले पर्यटकलाई सौराहा, कसरा र मेघौली क्षेत्रबाट जीप सफारी गराउँदै आएका छन् ।