२०८१ आश्विन २१ गते, सोमबार १३:११
  • निजी क्षेत्रका संस्थाका सदस्य र कर्मचारीले अब निगमको जहाजबाट यात्रा गर्ने

    भाडादरमा १५ प्रतिसत छुट पाउने

    काठमाडौँ- नेपाल बायुसेवा निगम र नीजि क्षेत्रका चार संस्थाबीच समझदारी भएको छ। निजी क्षेत्रका संस्थासँग सहकार्य गरि द्विपक्षिय लाभ हासिल गर्ने उदेश्यले निगमले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श र राष्ट्रिय व्यवसायीक  पहलसँग सम्झौता गरेको हो।

    सम्झौता अनुसार नीजि क्षेत्रका संस्थामा आबद्ध पदाधिकारी, सदस्य, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाज प्रयोग गर्ने छन्। निगमले भाडादरमा १५ प्रतिसत छुट दिने व्यवस्था भएको छ। साथै यी संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा निगमको प्रर्वद्धन गर्नुपर्ने सम्झौतामा उल्ल्लेख छ।

    सम्झौता पत्रमा निगमको तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले हस्ताक्षर गरेका छन्। निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट एनवाइइएफका उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, नेपाल उद्योग परिसंघको तर्फबाट युवा उद्यमी मञ्चका अनमोल प्रधान,  च्याम्बर अफ कमर्शका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यवसायिक पहलको तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गरेका छन्।

    सो अवसरमा निगमका सञ्चालक समिति  सदस्य किशोर प्रधान, उद्योग बाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए। यसबाट निजी क्षेत्रका संस्थासँग आबद्ध व्यवसायी र सदस्यहरु लाभाम्बित हुने तथा निगमको व्यापार समेत बढ्ने अपेक्षा गरिएको छ।