२०८१ मंसिर १० गते, सोमबार १६:१४
  • लुम्बिनीमा भारतीय पर्यटक तथ्यांकमा धेरै, तर फाइदा न्युन

    होटल संघका अध्यक्ष भन्छन्: बेलहियादेखि नै नेपाली गाइड राखौं

    लुम्बिनी– लुम्बिनीमा भारतीय पर्यटकहरुको आगमन बढिरहेको छ। अहिले भारतीय पर्यटकको आगमन कोभिड अगाडिको अवस्था भन्दा पनि धेरै छ। कोभिड अघिको वर्ष सन २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनामा १ लाख २७ हजार ९६ भारतीय पर्यटक आएका थिए। २०२३ को सोही १ लाख ६७ हजार ४०० भारतीय पर्यटक आइसकेको लुम्बिनी विकास कोषले जनाएको छ।
    भारतीय पर्यटकको आगमनदर बढेपनि पर्यटन क्षेत्रले पनि पर्यटन क्षेत्रले फाइदा लिन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन्। अधिकांस भारतीय पर्यटकहरु आएर उत्तीखेरै फर्किहाल्ने खालका छन्। जसबाट लुम्बिनीले फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए। ‘तथ्याङकमा हेर्दा त भारतीय पर्यटकको आगमन धेरै नै देखिन्छ। तर उनीहरु आएर आए जस्तो छैन।’ उनले भने ‘भारतीयहरु आएर पर्सा चौराह भन्दा यतै बस राख्छन्। त्यहीबाट आफ्नो हिसाबले इरिक्सा र भ्यानमा मायादेवी मन्दिर गएर फर्किहाल्छन्। बस्ने गरि आउने भारतीयहरु एकदम कम हुन्छन्।’

    भारतीयहरुले आफ्नै मुलुकका गाइड लिएर आउने र उनीहरुले लुम्बिनी बारे सहि ब्रिफिङ पनि नगर्ने ज्ञवालीको भनाइ छ। ‘उनीहरुका गाइडले सहि ब्रिफिङ पनि गर्दैनन्, हामीले उत्पादन गरेका गाइडहरु बेलहियामा राखेर नेपाल भित्रीएका पर्यटकलाई यहाँका पर्यटकीय स्थल र महत्वबारे सम्झाउन सक्नुपर्छ।’ उनले भने ‘यसमा पर्यटन मन्त्रालयले नीतिगत व्यवस्था गर्नुपर्छ। लुम्बिनी मात्र होइन वरिपरि रामग्राम, देवदह, कपिलबस्तु छ भनेर बुझाउनुपर्छ।’