२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • खाँचीकोट दरबार उत्खननका क्रममा प्राचिन बस्तु फेला

    सन्धिखर्क – अर्घाखाँचीको खाँचीकोट दरबार तथा खाँचीकोट भगवती मन्दिरमा पुरातत्व विभागले उत्खनन शुरु गरेको छ। सन्धिखर्क नगरपालिका वडा नम्वर ७ खाँचीकोटमा रहेको यो दरबार तथा मन्दिर ऐतिहासिक शक्ति पीठको रुपमा रहेको छ।
    पृथ्वीनारायण शाहलाई राज्य सञ्चालन तथा एकिकरणका लागि युद्ध कला सिकाउने चन्द्रप्रभावती खाँचीकोट राज्यकी राजकुमारी थिइन्। पुरातत्व विभागले सोमबार देखि उत्खनन् शुरु गरेको हो।

    उत्खनन् टोलीमा विभागमा प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवाली सहित पाँच सदस्यीय टोलीले ऐतिहासिक दरबारको उत्खनन शुरु गरेको हो। पाँच सदस्यीय टोलीमा पुरातत्व अधिकृत हरि प्रसाद भुसाल, अगर विशेषज्ञ जगत कटुवाल, सहायक फोटोग्राफर रामचन्द्र श्रेष्ठ रहेका छन्।

    उत्खननको क्रममा दरवारको भग्नाबशेष प्राप्त भएको छ । प्राचीन इटाहरु, झिंगटी, चुराका टुक्रा, आधुनिक सिक्का, त्रिशूल, माला लगायतको प्राचीन बस्तुहरु फेला परेको प्रमुख पुरातत्व अधिकृत ज्ञवालीले जानकारी बताए। प्राचीन दरबारमा रहेको पर्खाल भत्काएर नयाँ संरचना बन्न थालेपछि उक्त निर्माण प्रकृया रोकेर उत्खनन शुरु गरेको उनले बताए। प्रमुख पुरातत्व अधिकृत सहित पाँच सदस्यीय टोलीमा पुरातत्व अधिकृत हरि प्रसाद भुसाल, अगर विशेषज्ञ जगत कटुवाल, सहायक फोटोग्राफर रामचन्द्र श्रेष्ठ रहेका छन्।

    खाँची राज्य नेपाल एकिकरणको समयमा पाल्पा राज्य संगै एकिरकण भएको थियो। खाचीकोट राज्य पालाको इनार अहिले पनि रहेको छ। पृथ्वीनारायण शाहलाई नेपालको एकिकरण गर्न, राज दरवार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने चन्द्रप्रभावतीे खाँचीकोट राज्यका तेर्हौ राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन्। नेपालको एकिकरण गर्न, राज दरवार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने उनै चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख छ ।

    चन्द्रप्रभावतीको जन्म बि. स . १७५९ मा खाँचीमा भएको थियो। उनको बिबाह तत्कालिन गोरखा राज्यका राजा नरभुपाल शाह संग भएको थियो। गोरखाका राजा नरभुपाल शाह जन्ती लिएर खाँचीमा आइ उनलाई बिवाह गरेर गोरखा दरवारमा भित्राएको इतिहास रहेको चन्द्रप्रभा माध्यमिक विद्यालयका शिक्षक तिर्थराज आचार्यले बताए।

    चन्द्रप्रभावतीबाट सन्तान नभए पछि नरभुपाल शाहले दोस्री श्रीमती पाल्पाबाट बिबाह गरेर लगेका थिए। तिनै पाल्पाली राजकुमारी कौशल्याबतीबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। तर पृथ्वीनारायण शाहकोस्याहार सुसार र संरक्षण यिनै चन्द्रप्रभावतिले गरेको इतिहासकारहरुको भनाइ छ।