२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • रारामा पर्यटकको चाप, बुकिङ गरेर मात्र जान व्यवसायीको आग्रह

    बुटवल -मुगु जिल्लामा रहेको रारा तालमा यतीबेला पर्यटकको चाप बढेको छ । पर्यटकको संख्या बढेसँगै बुकिङ गरेर मात्र जान व्यवसायीहरूले अनुरोध गरेका छन्।पर्यटकीय सिजन र चाडपर्व चलिरहेकाले बिदाका समयमा रारा घुम्ने पर्यटकको संख्या बढेको हो।

    रारामा हाल दुई सय जना बस्न मिल्ने क्षमताका रेष्टुरेन्ट छन्। क्षमताभन्दा बढि पर्यटक पुगेपछि व्यवस्थापनमा समेत समस्या भइरहेको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए। रारा इको रिसोर्टका सञ्चालक समेत रहेका रोकायाले अहिले रारा घुम्न दैनिक सात सयभन्दा बढी आन्तरिक पर्यटकहरू आएको बताए।