२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा

    लुम्बिनी-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी आइपुगेका हुन्। ९ बजे लुम्बिनी आउने तय भएपनि उनी पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी मात्र आएका हुन्।

    महासचिव गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन्।

    मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम छ ।