२०८३ जेष्ठ २६ गते, मंगलवार ०४:५९
  • बुटवलको मोतिपुरमा भिक्टोरिया रिसोर्ट सञ्चालनमा

    बुटवल -रुपन्देहीको मोतिपुरमा भिक्टोरिया रिसोर्ट सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका १९ मोतिपुरमा रहेको रिसोर्टको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। रिसोर्टको उद्घाटन गर्दै नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनीकी अध्यक्ष रचना पन्तले नयाँ खुल्दै गरेका होटल तथा रिसोर्टहरुलाई राज्यले व्यवसायिक सुरक्षा प्रदान गर्नुपर्ने बताइन्।

    रुपन्देहीमा पछिल्लो समयमा होटल र रिसोर्ट खुल्ने क्रम बढेको भन्दै उनले यीनीहरुलाई समेटेर नाट्टा लुम्बिनीले पर्यटन प्रवद्र्धनको अभियान अघि बढाएको उल्लेख गरिन्। विभिन्न मुलुकबाट धार्मिक सांस्कृतीक पर्यटकहरुलाई यहाँ ल्याएर पर्यटन मार्फत देश विकासको सपना देखेको पन्तको भनाइ छ।

    उद्घाटन समारोहसँगै थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा थारु समुदायका परिकार पनि राखिएको थियो। रिसोर्ट बेलबास बेथरी सडकसँगै जोडिएको छ। नाट्टा लुम्बिनीका महासचिव अन्जन श्रेष्ठले बेलबास-बेथरी सडक पर्यटकीय मार्ग भएको र यहाँ खुलेका होटल रिसोर्टको भविश्य राम्रो भएको बताए।

    रिसोर्टमा अरु परिकारसँगै थारु परिकार मुख्य आकर्षण रहेको रिसोर्टका प्रबन्ध निर्देशक मनबहादुर थारु छविलालले जानकारी दिए। हाल ७ वटा डिलक्स रुम, रेष्टुरेन्ट, क्याफे, ७ सय जना अट्ने बांक्वेट हल रहेको स्विमिङ पुल निर्माणाधिन रहेको उनले बताए। साढे ३ करोडको लागतमा रिसोर्ट सञ्चालनमा आएको हो।