२०८१ आश्विन २१ गते, सोमबार १३:१२
  • लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने


    लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढ्ने भएको छ । आउँदो डिसेम्बर १६ तारिखबाट धाम निर्माणको पुनःसुरुवात हुने भएको हो। विश्वशान्ति कामनाको अभियानमा निरन्तर सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछेले धाम निर्माण अघि बढाएका थिए। कोरोना लगायत विभिन्न कारणले निर्माण कार्य रोकिएको थियो।
    धाम निर्माणका निम्ति ढुंगा विछ्याउने समारोह र उत्सवमा सहभागी हुन गुरु रिन्पोछेले अनुरोध गरेका छन्।

    डिसेम्बर १६ का दिन विश्वभरका विश्वशान्ति धाम सदस्यहरु र शान्तिका कार्यकर्ताहरुसँग प्रार्थना, ध्यान, नृत्य जस्ता उत्सव हुने छ। जसमा मायादेवीको जादुई नाटकीय प्रस्तुति पनि रहने छ। विश्व शान्ति धामले दिव्य आमा, रानी मायादेवी, हाम्रा विगत, वर्तमान र भविष्यका सबै आमाहरुलाई सम्मान गर्ने विश्वास गरिएको छ।

    विश्वशान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरु एक साथ आउन सक्ने र शान्तिको विगुल फूकी मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुने युनिभर्सल पिस सान्चुरीले जनाएको छ। विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र घट्दो मानसिक स्वस्थ्यलाई सम्बोधन गर्न नयाँ समाधान चाहिएको र त्यसको लागि विश्वका सारा मानव एकै परिवारको रुपमा सँगै काम गर्न सिक्नु सन्देस प्रवाह गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ।