२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • रामग्राममा उत्खननका क्रममा प्राचिन विहारको पर्खाल र पोखरी फेला

    परासी- गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी पश्चिम रामग्राममा  भग्नाअवशेष विहारका पर्खाल र प्राचिन पोखरीको संरचना फेला परेको छ। एक महिनादेखि गरेको उत्खनमा रामग्राम स्तुपको उत्तर पश्चिमपट्टी प्राचिन विहारका भग्नाअवशेष र पोखरी भेटिएको हो।  

    पुरातत्व विभाग, लुम्बिनी विकास कोष, यूनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले रामग्राम क्षेत्रमा उत्खनन् गरेको हो। उत्खनन् बारे आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो।

    पत्रकार सम्मेलनमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गरे। अहिले भएको उत्खननबाट फेला परेका प्राचिन अवशेष र संरचनाले उत्साही बनाएको भन्दै उनले यस्ता उत्खननको मात्रा बढाउन समेत आग्रह गरे।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तुपमा गरिएको भोगर्भिक ९जियोफिजिक्स ० सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताए। उनले विहारका भग्नाअवशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तुपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तुपको विकासलाई गति दिने गरी योजना बनाएको जानकारी दिए। रामग्राम स्तुप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका सन्दर्भममा स्थानीय स्तरमा उठेका सवाललाई सम्बोधन गर्ने भट्टराइको प्रतिबद्धता छ।

    पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको छ। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले रामग्राम स्तुपको बारेमा हजारमिटर भन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने उल्लेख गरे। पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनी प्राचित सहर रहेको देखिएको बताए। उनले कोलिय राज्यको सहरका रुपमा पण्डितपुर हुनसक्ने आधारहरु देखा परेको कुँवरको भनाइ छ।

    दुर्हाम विश्वविद्यालयका प्रा। डा। रविन कनिङघमले रामग्राम स्तुप निकै महत्वपूर्ण प्राचिन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताए। आफुहरु प्राविधिक रुपमा रामग्राम स्तुपका प्राचिन संरचनाहरु पत्ता लगाउने भएपनि यसको संरक्षण स्थानीयहरुले नै गर्नुपर्ने उनको भनाइ छ।

    कार्यक्रममा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले रामग्राम स्तूपको महत्वलाई झल्काउनका लागि यसको उत्खखन र संरक्षणलाई प्राथिमकता दिनुपर्ने बताए। रामग्राममा भेटिएका पुरातात्विक भग्नाअवेशष र बस्तुहरुको कालअवधी ९समय० पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीको भनाइ छ। कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य लगायतको सहभागीता थियो।

    रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठभागमध्येको एक ठाउँ हो । रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो । त्यसयता अहिले सन् २०२३ नोभेबर १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो।