२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • लुम्बिनीमा कोरियाली धर्मगुरुद्धारा निर्माण गरिएको ‘शान्ति घन्टी’को उद्घाटन

    पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’

    लुम्बिनी -बुद्धजन्मस्थल लुम्बिनीमा कोरियाली धर्मगुरुद्धारा ‘शान्ति घन्टी’ को निर्माण गरिएको छ। कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी तयार पारिएको हो।
    सोमबार विश्व शान्तिको कामना गर्दै बजाइएको छ। सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार घण्टीको उद्घाटन गरे।

    १०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्यहरु, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घन्टी बजाएर उद्घाटन समारोह गरिएको हो। कार्यक्रममा मन्त्री किराँतीले बुद्धभूमिबाट घन्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए। भिक्षुहरुले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीहरुविचको निस्वार्थ सम्बन्धलमई थप प्रगाढ बनाएको समेत मन्त्री उनले बताए।

    किराँतीले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘नेपाल कोरियाविच इतिहासजस्तै पूरानो, समुन्द्र जस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’ उनले भने कोरियाले नेपालीहरुलाई रोजगारी दिएर र नेपालीहरुले पसिना दिएर सहयोग गरेका छौं, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।’ किराँतीले संसारभरका बुद्धमार्गीहरुलाई लुम्बिनी जाऔं भन्ने अभियान कोरियामा चलाउन समारोहमा सहभागी बौद्ध गुरु, भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरुसँग अनुरोध गरे। उनले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसुतीगृह निर्माण गर्नुपर्ने बताए ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थसम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरुलाई धन्यवाद दिए। उनले शान्ति घन्टीको अर्थ बुद्धको शान्ति र दयाको शिक्षाबाट विश्वमा द्धन्द्धको समाधान र शान्ति स्थापनाको सन्देशका रुपमा बुझ्नुपर्ने बताए।

    कार्यक्रममा शान्ति घन्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे। ‘यो घन्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरुले प्राणीहरुको पिडालाई राहात दिने प्रतिक हो’ उनले भने –‘बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरुलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरुको पिडालाई आनन्दको आवाज दिनेछ।’

    घन्टी उद्घाटन समरोहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रो डा। सुर्वलाल बज्रचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बोल्दै बुद्धजन्मस्थलमा शान्ति घन्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताए । उद्घाटन समरोहमा नेपालका लागि कोरियाली काउन्सीलर जीङ ही, बरिष्ठ पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको सहभागीता थियो।