२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • ११ महिनामा ९ लाख बढि पर्यटक भित्रिए

    काठमाडौँ -सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल पर्यटन बोर्डले जनाएको छ। नोभेम्बरमा मात्रै एक लाख ८६० विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

    अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने संकेत देखिएको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गरे।

    नोभेम्बरमा सबै भन्दा बढि भारतबाट हवाईमार्ग भएर २४ हजार ४४३ जना पर्यटक नेपाल आएका छन्। संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१, चीनबाट सात हजार ६०१ जना पर्यटक आएका छन्।