२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • रामग्राममा विश्वशान्तिका लागि १११२ क्यान्डील र ७ हजार दीप प्रज्जवलन

    लुम्बिनी– नवलपरासी पश्चिमको रामग्राम स्तुपमा विश्वशान्तिको कामना गर्दै विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपमा सोमबार साँझ एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएको हो। संस्कृती पर्यटन तथा नागरिक उउडयन मन्त्री सुँदन किराँतीले शान्तिदीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गरे।

    लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तुप क्षेत्रको पुनस्थापना, संरक्षण र विकासका लागी दुरदर्शि परियोजनाको शुभारम्भको अघिल्लो दिन रामग्राम शान्तिदीप र दीप प्रज्वलन गरी उज्यालो बनाइएको हो। सो अवसरमा मन्त्री किराँतीले बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्रामलाई धार्मिक र सांस्कृतिक थलो बनाउने बताए।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले रामग्रामलाई कोषले लुम्बिनी जस्तै गरी विकास गर्न लागेको जानकारी दिए। उनले विश्वका बौद्ध धर्माम्बलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफुहरुले काम गर्न खोजेको उनको भनाइ छ। लामालेअहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्विक स्थलहरुको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गरिने उल्लेख गरे।

    कार्यक्रममा रामग्राम नगरपालिकाका नगरपमुख धनपत यादवले रामग्रामको विकासका लागि स्थानीय सरकारले धेरैपटक ध्यानआर्कषण गराएको भन्दै अहिलेको कार्यक्रमले रामग्राम स्तुपको महत्व विश्वमाझ पु¥याउने बताए।भिक्षु कोन्डन्य, भिक्षु डेनियलले धर्मदेशना दिँदै रामग्राम बुद्धको अस्तुधातु रहेको पवित्र स्थल रहेकाले यसको महत्व विश्वभर फैलाउन आवश्यक रहेको धारणा राखे।

    रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । यूनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तुपको पुरातात्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ।

    रामग्रामको पुरातात्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेका हो कार्यक्रम विहान ९ बजे शुरु हुनेछ । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै बिशेष शान्तिदीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले जानकारी दिए।

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिती रहने छ। कार्यक्रमलाई मध्यनजर गर्दे रामग्राम नगरपालिकाले नगर भित्र २६ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मंगलबार सबै वडा कार्यालय, नगरपालिका भित्रका सम्पुर्ण विद्यालय, स्वास्थ्य संस्था बन्द रहने नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ।