२०८१ आश्विन २१ गते, सोमबार १३:०७
  • प्रेम दिवसको अवसरमा सौराहामा ‘खाना महोत्सव’ हुने

    चितवन । चितवनको सौराहामा ‘खाना महोत्सव’ हुने भएको छ । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरस पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म खाना महोत्सव हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० सौराहाले १७ औं खाना महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
    खाना महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुब गिरीले जानकारी दिए । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको उनले बताए।
    महोत्सवअन्तर्गत कार्यक्रम स्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातीहरुको कला तथा संस्कृति सहितको प्रदर्शन समेत गरिने छ ।