
परासी- प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धकाे अस्तुधातु रहेकाे स्थान रामग्रामबारे अब बलियो सन्देश जाने बताएका छन्। नवलपरासी पश्चिममा रामग्राम स्तुप क्षेत्रको पुनस्र्थापना, संरक्षण र विकासका लागी दुरदर्शि परियोजनाको शुभारम्भ गर्दै उनले रामग्रामकाे ऐतिहासिकता उजागर हुने उल्लेख गरे।
“आजकाे कार्यक्रमपछि रामग्रामबारे यहाँ भएकाे बुद्धकाे अस्तुधातुबारे र यहाँ रहेकाे ऐतिहासिक र साँस्कृतिक महत्त्वबारेमा विश्वमाझ बलियाे सन्देश जानेछ भन्ने विश्वास लिएकाे छु।” उनले भने “विश्वलाई शान्तिकाे अझ पनि आवश्यक छ। बुद्धकाे दर्शन र सिद्धान्त मानव जाती रहेसम्म मर्दैन। “
प्रधानमन्त्री प्रचण्डले आफूलाई सम्राट अशोकसंग तुलना गर्दै ठूला ठूला युद्ध गरेर आएका सम्राट अशोकले बुद्धलाई स्थापित गरे जस्तै आफू पनि देश र देश बाहिर शान्तिका लागि लागिरहने बताए।

