२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • भैरहवामा आज किन आएन क्वालालाम्पुरबाट निगमको जहाज


    भैरहवा-गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा प्रत्येक मंगलबार विहान क्वालालाम्पुरबाट नेपाल बायुसेवा निगमको जहाजले उडान गर्ने गर्दछ। भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको नाममा हप्तामा एक पटक क्वालालाम्पुर–भैरहवा एकतर्फी उडान मात्र छ। भैरहवा आएको जहाज यहाँका यात्रु उतारेर काठमाडौँ जाने गर्दछ।

    तर आज भने क्वालालाम्पुर भैरहवा उडान भएन। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले प्राविधिक कारण स्थगित भएको भनेर सुचना आएको बताए। ‘भैरहवातिरको सेक्टर क्यासिल भएको देखिएको छ । प्राविधिक कारण भनेर भनिएको छ।’ उनले भने।

    निगमको एउटा न्यारोबडी जहाज ग्राउण्डेड छ। दुईवटा न्यारोबडी मध्ये एउटा मात्र जहाज चलेकाले भैरहवा तर्फको उडान स्थगित भएको नेपाल बायुसेवा निगमका भैरहवा प्रमुख माधव लोहोनीले बताए। ‘इन्जिनियरहरुले इन्जिन चेकजाँच गर्नको लागि एउटा जहाज ग्राउण्डेड छ।’ उनले भने ‘अर्को जहाज भैरहवा आइरहँदा समय कम हुने भयो । त्यसैले भैरहवा मलेसियाबाट भैरहवा नआइ सिधै काठमाडौँ गएको हो।’

    गत जेठ ३० गतेबाट नेपाल बायुसेवा निगमले क्लालाम्पुर भैरहवा काठमाडौँ उडान सुरु गरेको हो। ६ महिनाको अवधिमा आज दोस्रो पटक क्वालालाम्पुर भैरहवा उडान स्थगित भएको हो। यस अघि गत मंसिर १२ गते पनि क्लालाम्पुरबाट भैरहवा जहाज आएको थिएन। त्यसबेला मौसमका कारण जहाज भैरहवा आउन सकेको थिएन।