२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • पाल्पा दरबार संग्रालयद्वारा पुरातात्विक सामाग्री संकलन सुरु

    सय वर्ष पुराना सामाग्री उपलब्ध गराउन आग्रह

    तानसेन-पाल्पा दरबार संग्रालयले पुरातात्विक र एतिहासिक सामग्रीहरुको संकलन सुरु गरेको छ। संग्रहालयलाई पुरातात्विक र एतिहासिक सामग्री अवलोकन गर्ने र त्यस्ता सामग्री संरक्षण गरि नया पुस्तालाई जानकारी दिने उद्देस्यले १०० वर्ष पुराना सामाग्री संकलन सुरु पाल्पा दरबार संग्राहलयले जनाएको छ।

    पुरातात्वीक र ऐतिहासिक सामाग्री उपलब्ध गराएर सहयोग गर्न सुचना मार्फत संग्रालयले आग्रह गरेको छ। त्यस्ता सामाग्री उपलब्ध गराएवापत सम्मान गरिने समेत दरबार संग्रालयका कार्यालय प्रमुख नारायणदेव भट्टराइले जानकारी दिए।