२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • उद्घाटन भएको १० महिनासम्म पनि सञ्चालनमा आएन बनबाटिकाको भ्युटावर

    तिलोत्तमा- रुपन्देही तिलोत्तमा नगरपालिका बनबाटिकामा रहेको भ्युटावर उदघाटन भएको १० महिनासम्म पनि सञ्चालनमा आएको छैन । शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) परिसरमा निर्मित तिलोत्तमा बहुद्देश्यीय टावर ९भ्यु टावर० गत चैत १५ गते एमाले अध्यक्ष केपि ओलीले उद्घाटन गरेका थिए ।
    बनबाटिका घुम्न आउने सर्वसाधारणले अझै पनि ११ तले भ्यु टावर चढ्न पाएका छैनन् । टावरको अझै रंगरोगनको काम भइरहेको छ । शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० का अध्यक्ष बेलप्रसाद शर्माले कहिलेबाट भ्युटावर सञ्चालनमा आउँछ भन्ने अनिश्चित रहेको बताए । अहिले भित्र रंङरोगनको काम गरेको छ । बाहिर केही गरेको छैन । उनले भने कहिलेबाट सञ्चालनमा आउँछ अझै टुंगो छैन ।
    पहिल मंसिरबाट सञ्चालनमा आउने कुरा थियो । तर अहिलेसम्म जस्ताको तस्तै रहेको शर्माले बताए । भ्यु टावर सञ्चालन गर्न टोपबहादुर रायमाझी एन्ड कम्पनीले लिजमा लिएको छ।
    वनवाटिकामा ११ करोडको लागतमा बहुद्देश्यीय टावर बनाइएको हो। बहुद्देश्यीय टावर दृश्यावलोकन सहित व्यावसायिक प्रायोजनका लागि निर्माण गरिएको हो। जसमा ८ वटा कोठामा होटल सञ्चालन गर्न सकिनेगरी बनाइएको छ। सोरुमहरू, लाइब्रेरी, रिसर्च सेन्टर क्याफ्टरिया अर्थात् कफी सप चलाउन सक्नेगरी संरचना निर्माण गरिएको छ।