२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • मायादेवी मन्दिरमा दानवापत १ करोड ६ लाख संकलन

    लुम्बिनी-बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ।आर्थिक वर्ष २०८०र८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले बताए।

    सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा पुस १७ गते दानपेटिका खोलिएको थियो। मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको छ । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको छ।

    पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन। यसअघि कार्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको थियो।