२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • पर्यटनको लागि तत्कालीन, अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाउनुपर्छ: राज्यमन्त्री श्रीपाली

    सन्धिखर्क-सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताएकी छन्। नेपालमा पर्यटनको प्रचुर सम्भाबना भएकाले ती क्षेत्रहरुको पहिचान गरि प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन्।

    रिपोटर्स क्लब नेपाल लुम्विनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको प्रसस्त सम्भावना रहेको भन्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागी परेकोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद समेत दिइन्।महासंघले सञ्चालन गरेको पर्यटन प्रबर्धन अभियानमा सबैले साथ दिनुपर्नेमा उनको जोड थियो। लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुदै जिल्लाका अन्य पर्यटकिय क्षेत्रमा पुर्याउन सकेमा मात्र अर्घाखाँचीको आर्थिक विकासमा टेवा पुग्ने राज्यमन्त्री श्रीपालीको भनाइ छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रबद्र्धन अभियानको सोमबार माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।

    अन्तरक्रिया कार्यक्रकममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लाको पर्यटन विकासमा प्रदेशको तर्फबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको स्विकार गर्दै आगामी दिनमा पहल गर्ने बताए। जिल्ला समन्वय समितिका सभापति जिवनारायण कोइरालाले प्रधानमन्त्री दाहाललाई जिल्लाका महत्वपुर्ण बिकास आयोजनाको निर्माणका विषयमा ध्यानाकर्षण गराउने उल्लेख गरे।

    नेपाली कांग्रेस लुम्विनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनालले जिल्लाका पर्यटकिय स्थलको पुर्वाधार निर्माण नहुदा पर्यटनको विकासले गतीलिन नसकेको बताए। जिल्लाको विकासमा सबैको साझा एजेन्डा बनाउनुपर्नेमा उनको जोड छ। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सोमबार हुने कार्यक्रमको लागि चारवटै सुरक्षा निकाय परिचालन गरि जिल्लाको समग्र शान्ति सुरक्षा चुस्त पारिएको बताए।

    रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र नविन केसीको सञ्चालनमा भएको कार्यक्रममा सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली,जिल्ला उपाध्यक्ष विरेन्द्र केसी,सहसचिव हृदय भुसाल,चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले आ आफ्ना भनाइ राखेका थिए।