२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • नेपालमा २० वटा पुगे पाँच तारा होटल (हेर्नुहोस् सूची)

    चार वटाले गरेनन् नविकरण



    काठमाडौँ -नेपालमा पाँच तारे होटलको संख्या २० वटा पुगेको छ। संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण हालै सार्वजनिक गरेको छ। पाँच तारा डिलक्स तथा पाँच तारा स्तरमा बर्गिकरण भइ इजाजत नियमित रुपमा नविकरण गरेका १६ वटा होटलको विवरण विभागले सार्वजनिक गरेको हो।

    नविकरण नगरेका बाँकी चार वटा होटल भने विभागले सार्वजनिक गरेको सूचीमा उल्लेख छैन। काठमाडौँका द होटल एभरेष्ट इन्टरनेश्नल लि., र्याडिसन होटल, याक एण्ड यती होटल र पोखराको होटल द फूलबारी लिमिटेडले इजाजत पत्र नविकरण नगरेको विभागले जनाएको छ।

    यो वर्ष मात्र दुई वटा पाँचतारा होटल थपिएका छन्। काठमाडौँको लाजिम्पाटमा रहेको होटल ल्हासा इन्टरनेश्नल प्राली र धुम्बाराहीको अकामा होटल प्रा. लि. यसै आर्थिक वर्षमा थपिएको विभागका प्रवक्ता कालीबहादुर भुजेलले जानकारी दिए। नविकरण गरेका मध्ये झापाको होटल मेची क्राउन मात्र पाँच तारा डिलक्स हुन्। अन्य पाँच तारा हुन्।

    पर्यटन विभागले सार्वजनिक गरेका इजाजत पत्र नविकरण भएका पाँच तारा होटलहरुको सुची यस्तो छ.