२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • उपाध्यक्ष लामाले सुङसँग भने: लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर छौं

    ‘बुद्ध जन्मस्थल चिनियाँहरुका लागि पवित्र स्थल’

    लुम्बिनी– लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा र चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङबीच छलफल भएको छ। दुई उपाध्यक्षबीच लुम्बिनीको विकासमा सहकार्य गर्ने, बढि भन्दा बढि चिनियाँ पर्यटकलाई लुम्बिनीमा ल्याउने लगायतका बिषयमा छलफल भएको हो। त्यसै गरी नेपाल र चिनविचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्बद्र्धन लगायतका बिषयमा समेत कुराकानी भएको थियो ।

    भेटमा कोषका उपाध्यक्ष डा लामाले चिन र नेपालविचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको भन्दै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए। चिनमा बुद्धका अनुयायीहरु धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उनले आग्रह गरे।

    चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएशनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताए। उनले बुद्ध जन्मस्थल चिनियाँहरुका लागि पवित्र स्थल रहेकाले यसको प्रचार प्रसार हुनपर्ने उल्लेख गरे। लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन्।