२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • हलिउड अभिनेता जेट ली केही दिनदेखि लुम्बिनीमा, मोन्लम पूजामा समेत सहभागी

    लुम्बिनी-विश्वचर्चित हलिउड अभिनेता जेट ली अहिले लुम्बिनीमा छन्। गत साता नेपाल आएका चिनिया नागरिक समेत रहेका हलिउड अभिनेता जेट ली केही दिन अघि लुम्बिनी आएका हुन्। आफ्नी छोरी र केही सहयोगी सहित लुम्बिनी आएका उनले रुचीपूर्वक लुम्बिनीको अवलोकन समेत गरेका छन्। अभिनेता जेट लीलाई कोषका पदाधिकारीहरुले लुम्बिनीको बारेमा जानकारी गराएका थिए।

    कालो लङकोट, कालै क्याप र रातो गलबन्दी उनले अवलोकनसँगै लुम्बिनीमा पुजाआजा समेत गरेका छन्। बुद्ध जन्मस्थल लुम्बिनीमा महायाना अन्तर्गत महागुरूको स्मृतीमा विश्व शान्तिको कामना गर्दै विहिवारदेखि ५ दिने मोन्लम पूजा शुरु भएको छ। पूजामा अभिनेता जेट ली पनि सहभागी भइरहेको लुम्बिनी विकास कोषका प्रशासकिय अधिकृत ज्ञानिन राइले बताए। ‘तीन चार दिन भयो आउनुभएको, यहाँ विश्वशान्तिको लागि मोल्हम पुजा भइरहेको छ, तिर्थयात्रीको रुपमा उहाँ सरीख हुनुभएको छ।’ उनले भने।

    विहिवारै लुम्बिनीमा स्थापना गरिएको दियो सेडमा उनले बत्ती समेत बालेका थिए। मायादेवी प्रवेशद्धारको पश्चिमपट्टी स्थापना गरिएको सेडमा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा सहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेसँगै जेट लीले पनि बत्ती बालेका थिए।

    चर्चित हलिउड जेट ली लुम्बिनी आउँदा लुम्बिनीको थप प्रचार हुने कोषका प्रशासिकय अधिकृत राइको भनाइ छ। ‘उहाँ जस्तो ख्यातीप्राप्त हलिउड कलाकार बुद्ध जन्मस्थलमा आउँदा लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा उहाँका प्रसंसकहरु माझ प्रचार प्रसार हुने भयो।’ उनले भने ‘यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्छ।’