२०८१ आश्विन २१ गते, सोमबार १३:०८
  • भ्यालेन्टाइन डेको अवसरमा सौराहमा खाना महोत्सव सुरु

    चितवन- भ्यालेन्टाइन डेको अवसर पारेर चितवनको पर्यटकिय केन्द्र सौराहामा खाना महोत्सव सुरु भएको छ ।
    रेष्टुरेण्ट एण्ड बार एसोसिएशन रेवान सौराहाको आयोजनामा १७ औं संस्करणको खाना महोत्सव सुरू भएको हो ।
    महोत्सव सुरू हुनुअघि विभिन्न संघ, संस्था र समुदायको झाँकी निकालेका थिए ।
    फागुन २ गतेसम्म चल्ने फेस्टिवलले सौराहामा पर्यटक भित्र्याउन सहयोग पुग्ने आशा गरिएको छ । फेस्टिवलमा माघ २९ र फागुन १ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजेदेखि राति ११ बजेसम्म कार्यक्रम हुनेछ ।
    सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग अन्तर्गतको वन र वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकका लागि विश्वमै चर्चित गन्तव्य हो। यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष खाना महोत्सव आयोजना गर्ने गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए।