२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • लुम्बिनी गार्डेन फाउण्डेसनको साधारण सभा, आगामी कार्ययोजना बारे छलफल

    लुम्बिनी -लुम्बिनी गार्डेन फाउण्डेसन नेपालको साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा फाउण्डेसनको कार्य प्रगती समिक्षा तथा आगामी कार्ययोजना बारे प्रस्तुती छलफल गरिएको थियो। सो अवसवरमा सहकार्य पालिका र सस्था विच समन्वय बैठक पनि भएको थियो।

    कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेसन नेपाल र स्पेनका प्रमुख संरक्षक एवम् नेपाल सरकारका अन्तराष्ट्रिय शान्ति दुत निरजगोविन्द श्रेष्ठले बुद्ध जन्मस्थलसँगै बृहत्तर लुम्बिनी क्षेत्रको प्रचार र प्रवद्र्धनमा जोड दिए। लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका उपाध्यक्ष गोविन्द सुबेदीले अन्य बुद्धस्थलहरुमा पनि पर्यटक आर्षित गर्ने योजना ल्याउनुपर्ने धारणा राखे।

    कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका मेयर प्रमुख सुदिप पौडेल, सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, रामग्राम नगरपालिका उपमेयर सम्झना चौधरीले आ आफ्नो पालिकामा लुम्बिनी आएका पर्यटकलाई आकर्षित गर्ने गरि पर्यटकीय योजना बनाएको उल्लेख गरे।

    लुम्बिनी गार्डेन फाउण्डेसनका महासचिव एकराज गिरीको अध्यक्षता तथा तुल्सीराम लामिछानेको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली, वडाध्यक्षहरु, बरिष्ठ पुरातत्वविद बसन्त कुमार बिडारी, सिद्धार्थ उधोग बाणिज्य सघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उपाध्यक्ष गोविन्द ज्ञवाली, लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवाली, लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुहरु तथा फाउण्डेसनका सदस्यहरुको सहभागिता थियो।