२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • फाउण्डेसनका संरक्षक तथा शान्तिदुत श्रेष्ठद्वारा लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे छलफल


    लुम्बिनी – लुम्बिनी गार्डेन फाउण्डेसन स्पेन र नेपालका प्रमुख संरक्षक निरज गोबिन्द श्रेष्ठ र लुम्बिनी विकास कोषका अधिकारीबिच छलफल भएको छ। नेपाल सरकारका अन्तराष्ट्रिय शान्तिदुत समेत रहेका श्रेष्ठले कोषका योजना प्रमुख सरोज भट्राइसँग छलफल गरेका हुन्। देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री समेत सहभागी छलफलमा लुम्बिनी गुरुयोजना र बुद्ध दर्शन सम्बन्धि अनुभव आदन प्रदान भएको लुम्बिनी गार्डेन फाउण्डेसनका सचिव तुलसीराम लामिछानेले जानकारी दिए।

    यस्तै फाउण्डेसनका प्रमुख संरक्षक निरज गोविन्द श्रेष्ठले लुम्बिनी इन्टरनेश्नल रिसर्च इन्स्च्युट, लुम्बिनी बौद्ध विश्व विद्यालयको भ्रमण पनि गरे। सो अवसरमा इस्च्युटका निर्देशक डा क्रिस्टोफ कुपर, बौद्ध विश्व विद्यालय क्याम्पस प्रमुख प्रा. डा. नीर बहदुर गुरुङ, सहायक प्राध्यापक एव पुस्तकालय प्रमुख प्रा. डा. शारदा पौडेल लगायतसँग छलफल भएको थियो।