२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • बसन्तपुर पुगेर पोखरेलले भने: पर्यटकीय पूर्वाधारको प्रर्वद्वनका लागि लगानीमैत्री वातावरण बन्नुपर्छ

    बुटवल- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पाल्पाको बसन्तपुर पुगी कामाख्या देवीमन्दिरको दर्शन गरेका छन्। लुम्बिनी केबलकार चढेर बसन्तपुर पुगेका उनले ठूला पर्यटकीय पूर्वाधारको प्रवद्र्धनमा तीनै तहको सरकारले सहयोगी भूमिका खेलेर लगानी मैत्री वातावरण बनाउनुपर्ने बताए। लुम्बिनी केवलकारले रुपन्देही र समग्र प्रदेशको पर्यटन एवं आर्थिक विकासमा योगदान गर्ने उनले बताए।

    पोखरेल केबलकारले सञ्चालनमा ल्याएको साहसिक खेल जीपलाइन पनि चढेका थिए। उनले पर्यटकले खोजे अनुसारका सुविधा र पर्यटकीय पुर्वाधार थपेर प्रदेशकै नमूना पर्यटकीय गन्तब्य बनाउन सकिने सुझाव दिएका थिए। नेता पोखरेलसहित प्रदेश सांसद जानकी न्यौपाने, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल लगायतलाई केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू,विभागीय प्रमुख प्रज्ज्वल घिमिरे लगायत कर्मचारीले स्वागत गर्दै केबलकार परियोजनाबारे जानकारी गराएका थिए ।

    यसैबीच बुटवल –१२ स्थित मुक्तिनाथ धाममा सञ्चालन हुने महायज्ञको पुर्वसन्ध्यामा धामका पीठाधीश लोकानन्द स्वामीले लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा रहेको कामाख्या देवी मन्दिरमा पुजा तथा आराधना गरेका छन्।
    यहि माघ २२ गतेदेखि २९ गतेसम्म मुक्तिनाथ धाममा हुन गइरहेको १७ औं ज्ञान महायज्ञ सफल बनाउन कामाख्यादेवी मन्दिरमा पूजा आराधना गरिएको पिठाधीश लोकानन्द स्वामीले बताए।

    कामाख्या माताको पूजा आराधना सगंसगै लोकानन्द स्वामी द्धारा मन्दिर परिसरमा धार्मिक प्रवचन समेत आयोजना गरिएको थियो। मुक्तिनाथ धाममा हुने यसपटकको महायज्ञ विशेष ज्ञान महायज्ञ हुने भन्दै उनले महायज्ञको पुर्वसन्ध्यामा कामाख्यादेवी मन्दिरमा पूजा आराधना गरिएको स्पष्ट पारे ।