२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

    काठमाडौँ -पश्चिम नवलपरासीको रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न प्रतिनिधि सभाको सार्वजनि लेखा समितिले निर्देशन दिएको छ। आइबार बसेको समितिको बैठकले सम्झौता खारेज गर्न भनेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। रामग्राम गौतम बुद्धको अस्ती धातु भएको ठाउँ हो।

    लुम्बिनी विकास कोषले केही समयअघि परियोजना तयार गरी रामग्राम क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न कम्पनी प्रमिस्ड ल्यान्डलाई दिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यो कम्पनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको हो। लेखा समितिले यसमा सं‌लग्नमाथि अनुसन्धान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिएको छ।