२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • महेन्द्र ज्योती र खुम्जुङ खुम्बु ल्होसार कपको फाइनलमा प्रवेश

    काठमाडौं – महेन्द्र ज्योती भूपु विद्यार्थी मंच र खुम्जुङ युवा क्लब ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेका छन्। काठमाण्डौको सानो गौचरण खेल मैदानमा आज भएको सेमिफाइनलका महेन्द्र ज्योती र खुम्जुङ विजयी भइ उपाधिको दाबेदार भएको हुन्।

    आइतबारको पहिलो खेल महेन्द्र ज्योती भूपु विद्यार्थी मंचले डमीछोवा फुटबल टिमलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। खेलको निर्धारित समयभित्र दुबै पक्षले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट नजिता निकालिएको हो। खेलको म्यान अफ द म्याच महेन्द्र ज्योतीका निग्मा तेम्वा शेर्पाले हात पारेका थिए।

    दोस्रो खेलमा खुम्बु यम्बु शेर्पा समाजलाई १ – ० ले पराजित गरि खुम्जुङ युवा क्लब विजयी भइ उपाधि नजिक पुगेको हो। खेलको म्यान अफ द म्याच खुम्जुङका छिरिङ शेर्पा भएका छन्।

    प्रतियोगिताको उपाधिको लागि सोमबार दिउसो १ बजे फाइनल खेल हुने छ। त्यस अघि विहान ११ बजे तेस्रो स्थानको लागि खेल हुने छ। शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ।

    ‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको यो संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन्। प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपियाँ प्राप्त गर्नेछन्। उपविजेता पचास हजार रुपैयाँ, र तेस्रो हुनेले पञ्चीस हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन्। माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते सोमबार समापन हुनेछ ।