२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • प्रजातन्त्र दिवसमा जितगढी किल्ला सरसफाइ

    बुटवल-प्रजातन्त्र दिवसको अवसर पारेर बुटवलको जितगढी किल्ला सरसफाई गरिएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा सोमबार बिहान नेपालले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जितगढी किल्ला सरसफाइ गरिस्एको हो।

    सरसफाई कार्यक्रमको शुरुवात गर्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देश र जनताका निम्ति बलिदानी दिने सहिदहरुकै कारण मुलुकमा प्रजातन्त्रको बहाली भएको स्मरण गर्दै इतिहासलाई बिर्सन नहुने बताए। उनले जनताकै अगुवाईमा भएका आन्दोलनहरुकै कारण देशमा संघीयतासहितको गणतन्त्र प्राप्ति भएको बताउँदै गणतन्त्र रहेमा मात्रै मुलुकको सार्वभौमसत्ता जनतामा रहने बताए।

    जितगढी किल्लामा नेपाल र अंग्रेजबीचको युद्धमा विजयी हासिल गरेकै कारण नेपालको हालको भूगोल कायम रहेको स्मरण गर्दै पाण्डेले विगतको योगदानलाई रक्षा गर्नका लागि बुटवलले विशेष प्राथमिकता दिएको बताए।
    उनले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा स्थापित गर्दै आन्तरिक र बाह्य पर्यटक आगमनलाई बढावा दिने गरी योजना अगाडि बढेको बताए।

    सो अवसरमा नगर प्रमुख पाण्डेय सहित उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललगायतको टोलीले किल्लाक्षेत्रमा सरसफाई गरेको थियो।