२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • दिल्लीमा हुन लागेको पर्यटन मेलामा नेपालले सहभागिता जनाउँदै

    काठमाडौ-भारतको नयाँ दिल्लीमा हुन लागेको साउथ एसियन ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मेलामा नेपालले सहभागिता जनाउने भएको छ। ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान० को नेतृत्वमा नेपालको तर्फबाट मेलामा सहभागीता जनाइएको हो। दिल्लीमा विहिवारदेखि सुरु हुने पर्यटन मेला ३ दिन सम्म चल्ने छ । मेलामा नेपालको तर्फबाट ट्रेकिङ कम्पनीसहित विभिन्न होटल, ट्राभल लगायत २८ कम्पनीले सहभागिता जनाउने छन्।

    यस वर्ष पर्यटन बोर्डको आन्तरिक कारणले विश्वका विभिन्न मुलुकमा भएका पर्यटन मेलामा उपस्थिति जनाउन सकेको छैन। यसका बाबजुत नेपालको पर्यटनको मुख्य बजार भारतमा भइरहेका विश्वकै ठूलोमध्ये एक मानिने साट्टेमा नेपालको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले नेतृत्वसहित दिल्ली पुगेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले बताए।

    गत साता भारतको मुम्बईमा भएको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम)मेलामा पनि टानकै नेतृत्वमा नेपालले सहभागिता जनाएको थियो। दुई हजारभन्दा बढी व्यवसायी आवद्ध टान नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील रहेको छ।