२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • सरकारद्वारा विभिन्न देशमा पर्यटन प्रवर्द्धक नियुक्ति (सूचिसहित)

    कठमाडौँ -सरकारले विभिन्न देशका लागि पर्यटन प्रवर्द्धक नियुक्ती गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २९ जनालाई विभिन्न देश, राज्य र शहरको लागि पर्यटक प्रवद्र्धकमा नियुक्ती गरिएको हो । पर्यटक प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ को दफा ३ को उपदफा १ अनुसार मन्त्रीस्तरिय निर्णयबाट उनीहरुको नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जानकारी दिए।

    स्वयंसेवी भावनाका साथ नेपालको प्राकृतिक ऐतिहासिक पुरातात्वीक, जैविक सम्पदा एवं खेलकुद र मनोरञ्जनको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सहयोग पुर्याउने व्यक्तीलाई मन्त्रालयले पर्यटन प्रवर्द्धक नियुक्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ।

    जस अनुसार संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको लागि विनोद अधिकारी, न्युयोर्कको लागि गोकुल श्रेष्ठ, नर्थ क्यारोलिनाको लागि विक्रम घिमिरे, मेरिल्याण्डको लागि राजु पराजुली र बोष्टनको लागि मिलन गुरुङ पर्यटन प्रवर्द्धक भएका छन्।

    संयुक्त अधिराज्य तर्फ वेल्सको लागि सोमनाथ सापकोटा र आयरल्याण्डको लागि बसन्त न्यौपानेलाई पर्यटन प्रवद्र्धक नियुक्त गरिएको हो। क्यानडामा टोरन्टोको लागि सुमन अधिकारी, ब्रम्पाटोन सिटिको लागि बेखामान व्यञ्जनकार, एडमोन्टोन सिटीको लागि सुवास गिरि, कलग्यारी सिटीमा सन्तोषराज दाहाल र ह्याम्पसायर सिटीकोे लागि सन्तोसराज दाहाललाई नियुक्त गरिएको छ।
    कुन देश र शहरमा को को