२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • भरतपुर भ्रमण वर्ष आजदेखि सुरु हुँदै, प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्रीहरु पनि सहभागी हुने

    चितवन – भरतपुर भ्रमण वर्ष २०२४ आजबाट सुरु हुँदै छ । नारायणी नदी किनार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ।

    समारोहमा प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु कांग्रेस सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, मन्त्री परिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रम सहभागी हुने तय भएको भरतपुर महानगरपालिकाका सञ्चारविज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए।

    चितवनका संघिय सांसद तथा रास्वपाका सभापति लगायत विभिन्न दलका नेता तथा सांसदहरु पनि समारोहमा सहभागी हुने छन्।

    बिहान ११ बजेदेखि साढे १२ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन्। दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ । उद्घाटन समारोहमा ५० हजारबढी सहभागी गराउने महानगरले तयारी गरेको छ।