२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • लुम्बिनीमा थेरवाद विहारको निर्माण

    लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार निर्माण गरिएको छ। नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन महास्थविर, संघका उपनायक भिक्षु गुणधोष महास्थविर अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष फ्रा। धम्मशोभन महास्थवीरले शनिबार एक समारोहका विच उद्घाटन गरे।
    अखिल नेपाल भिक्षु महासंघले निर्माण गरेको भवनको उद्घाटनका क्रममा भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर गरिएको थियो। विहार करिव १ करोड ९० लाखको लागतमा तयार पारिएको संघले जनाएको छ।

    विहार उद्घाटनपछि कार्यक्रममा उपाध्यक्ष डा ल्हारक्याल लामाले शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताए। ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफै भित्रबाट पाइने कुरा उजागर गर्दै उपाध्यक्ष डा लामाले आज सबै बौद्धमार्गी मात्र नभई सबै मानव समाज उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भैरहेको समेत बताए। कार्यक्रममा महासंघका उपाध्यक्ष शीलभद्र महास्थविर, अर्का उपाध्यक्ष सद्धातिम्स महास्थविर लगायत आ आफ्ना भनाइ राखेका थिए।
    विहारभित्र बुद्ध मूर्ति एवं अभ्यास कक्षहरु स्थापना गरिएको छ। त्यस्तै पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना पनि रहेका छन्।

    भिक्षु महासंघले आईतबारदेखि तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजना गरेको छ। लुम्बिनी विकास कोष लगायतका संस्थाहरुसँग सहकार्यमा आयोजित त्रिपिटक पाठ समारोहको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार विहान पवित्र त्रिपिटक ग्रन्थ शोभायात्रा शुरु हुने अपखल नेपाल भिक्षु महासंघका महासचिव धर्मगुस्त महास्थविरले जानकारी दिए।