२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • लुम्बिनीमा त्रिपिटक बाचन सुरु

    बुद्धको शिक्षा विश्वव्यापी बनाउन पहल गर्छु : उपप्रधानमन्त्री


    लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ। अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू भएको हो।

    त्रिपिटक वाचनको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको भन्दै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताए। उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्र्तराष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए। ‘कुन डे भन्ने कुरा छलफल गरौला तर मेरो ह«दयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ’ उनले भने। उपप्रधानमन्त्री श्रेष्ठले मेडिटेशनलाई गृहमन्त्रालयले शुरुवात गरिसकेको समेत बताए।

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धको दर्शन र विचारलाई विश्वले अंगिकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने उल्लेख गरे। उनले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरुको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताए।चोकी निमा रिन्पोछेले बुद्व दर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताए।

    समरोहमा अखिल नेपाल भिक्षु महासंघका संघनायकरसंरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा। सुर्वणलाल ब्रज्रचार्य, नेपालका लागि श्रीलंकाका राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलंका, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाहरु सहभागी छन्। तीन दिने पाठमा भारतका बैद्ध तिर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिती रहेको छ। अन्तर्राष्ट्रियस्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्नका लागि बुद्ध जन्मस्थलमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको हो।

    गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।