२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • सकियो लुम्बिनीमा त्रिपिटक वाचन

    लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सकिएको छ। अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर परिसरमा तेस्रो अन्तर्राष्टिय त्रिपिटक पाठ ९वाचन० गरिएको थियो।

    त्रिपिटक पाठको समापन गर्दै निवर्तमान शिक्षामन्त्री अशोक राईले लुम्बिनीमा बुद्धका शिक्षाहरुको संगालो त्रिपिटक पाठले विश्वभर सकरात्मक सन्देश प्रवाह गरेको बताए। गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको भन्दै उनले बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उल्लेख गरे। अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताए। उनले महासंघले तेस्रो पटक लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गर्न सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा तीन दिने त्रिपिटक पाठले यहाँको व्यवसायलाई समेत चलायमान बनाएको र बुद्ध शिक्षालाई विश्वव्यापी बनाउने काम गरेको बताइन्। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियकरण गराउनका लागि त्रिपिटक पाठले महत्वपूर्ण योगदान दिएको बताए।

    समापन समारोहमा थाइल्याण्डका बौद्धधर्म गुरु सोमदेज फ्रा महामुनीयोङको लिखित शूभकामना सन्देश वाचन गरी सुनाइएको थियो । साथै उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको महासंघका महासचिव भिक्षु निग्रोधले जानकारी दिए।

    गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो।