२०८३ जेष्ठ २६ गते, मंगलवार ०५:००
  • लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित


    लुम्बिनी-बुद्धजन्मस्थल लुम्बिनीमा हुने भनिएको लोरियट्स एण्ड लिडरर्स शिखर सम्मेलन स्थगित भएको छ। लुम्बिनी सरकारको आयोजनामा फागुन २८ र २९ गतेका लागि सम्मेलनको तय भएको थियो।

    केन्द्रमा सत्ता समिकरणमा फेरबदल आएपछि मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। प्राविधिक तयारी नपुगाले विशेष कारणवश सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए।