२०८१ आश्विन २१ गते, सोमबार १३:१२
  • बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता हुने

    काठमाडौं -स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता आयोजना हुने भएको छ। पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता बौद्ध स्थित क्रिम्पान्जी एड्भेन्चर हबमा हुने छ।

    चैत १ गते प्रतियोगिताको आयोजना हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले जानकारी दिए। पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गर्ने गर्न लागेको उनले बताए। “यसको माध्यमबाट साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीहरूका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने लक्ष्य राखेका छौ” अध्यक्ष शेर्पाले बताए।

    अल्पाइन स्पोर्ट संघ–नर्थ अमेरिका–नेपाल गठन भएको समेत कार्यक्रम मार्फत् जानकारी दिनुका साथै साहसिक पर्वतीय खेलकुदहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उदेश्यले न्यूयोर्कमा पर्वतीय खेलकुद संघ गठन गरिएको पर्वतीय खेलकुद संघका अध्यक्ष शेर्पाको भनाइ छ। प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने आशा गरिएको छ।

    कार्यक्रममा सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएकोले उनको योगदान स्मरणीय हुनुपर्ने बताइन्। ‘कीर्तिमानी आरोहीलाई विर्सने क्रम बढेकाले स्मरण योग्य बनाउन हालसम्म प्रतियोगिताहरु पनि नभएको हुनाले बाबुछिरिको सम्झनामा गर्न लागिएको हो’ संघकी अध्यक्ष शेर्पाले भनिन्।

    उनले प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने जानकारी दिइन्। ‘बाबु छिरी शेर्पाको सालिक र संग्रहालय बनाउन संघका पूर्व अध्यक्ष लगायतको योगदान भएकोले हालसम्म संघले नै रेखदेख गर्दै आइरहेको छ’, उनले थपिन्।

    यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस)प्रदान गर्ने भएको छ । उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै आयोजना हुनेछ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमस नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ।

    स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान् पर्वतारोही मानिन्छ। १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन्।

    वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कार्यम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए। सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा दुर्भाग्यवस् बाबुछिरि शेर्पाको निधन भएको थियो।