२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • हामीले सगरमाथा, वाइल्ड लाइफ र लुम्बिनीलाई ब्राण्डीङ गर्नुपर्छ (अन्तर्वार्ता)

    ‘बुद्धत्वसँगै बुद्ध परिपथका गन्तव्यहरुलाई हामीले अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्नेछौं’

    नेपाल सरकारले हालै पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ। गत फागुन १३ गते संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट विभिन्न देश, राज्य र शहरका लागि २९ जना पर्यटन प्रवर्द्धक नियुक्ती गरेको हो। संयुक्त अधिराज्यको वेल्सका लागि सोम सापकोटा पर्यटन प्रवर्द्धक बनेका छन्। सापकोटा गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषदका उपमहासचिव समेत हुन्। उनी गैरआवसीय नेपाली संघ पर्यटन प्रवर्द्धन संयोजकको जिम्मेवारीमा समेत छन्।

    सापकोटाले सन २००७ देखि एनआरएनएको पर्यटन समितिमा आवद्ध हुन थालेका हुन्। उनी यस अघि पनि वेल्सको लागि नेपालको पर्यटन दुत थिए। त्यसै गरि डेनमार्क र माल्टाको लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधिको अनुभव पनि उनीसँग छ। नेपालको पर्यटकीय विकास र प्रवर्द्धन, गैर आवसीय नेपालीसंघ र पर्यटन प्रवद्र्धकको भूमिकाका बारे हामीले सोम सापकोटासँग कुराकानी गरेका छौं।

    हालै मात्र यहाँ संयुक्त अधिराज्य वेल्सको पर्यटन प्रवर्द्धकमा नियुक्त हुनुभएको छ। पर्यटन मन्त्रालयबाट झण्डा र नियुक्तीपत्र पनि लिइसक्नुभएको छ। नेपालको पर्यटन प्रवर्द्धनमा अब यहाँहरुको भूमिका के हुन्छ, नवनियुक्त प्रवर्द्धकहरुबीच के कस्तो छलफल भएको छ ?
    म धेरै लामो समयदेखी पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आएको छु। यो भन्दा पहिले पनि पर्यटन मन्त्रालयबाट वेल्सको लागि पर्यटन दुतको लागि नियुक्त भएको थिएँ। अहिले कार्यविधि परिवर्तन भएपछि पनि पर्यटन प्रवर्द्धक रुपमा नेपाल सरकारको तर्फबाट जिम्मेवारी दिइएको छ। यही मार्च १० को निर्णय पछि मन्त्रालयमा बोलाएर उहाँहरुले हामीलाई अभिमुखीकरण तालिम, गाइडलाइन सहित नेपालको झण्डा, परिचय पत्र र नियुक्ती पत्र प्रदान गर्नुभयो। तत्कालै हामीले नेपालमा उपलब्ध ६ जना र बाँकी २९ जना पर्यटन प्रवद्र्धक साथीहरुको बिचमा एउटा ग्रुप बनाएर कसरी काम गर्न सकिन्छ भन्नेमा छलफल गर्दैछौं। कुन कुन देशमा कसरी काम गर्ने भन्ने बारे साथीहरुका सुझाब संकलन गर्ने, एउटा प्लेटफम तयार गरेका छौं। विशेष गरि यसमा सबै पुराना पर्यटन क्षेत्रमा काम गरेका साथीहरु हुनुहुन्छ।
    हामीले नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायत गैर आवसीय नेपाली संघ, विभिन्न सामाजिक संघ संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था, ट्राभल एजेन्सीहरु, होटल एशोसिएन अफ नेपाल लगायत पर्यटन क्षेत्रमा काम गर्ने सबै संस्थासँग समन्वय गर्छौं। समग्र नेपालको पर्यटनलाई विश्वबजारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा रणैतिक हिसाबले योजनाबद्ध तरिकाले काम गर्छौं। म आँफै गैर आवासीय नेपाली संघको उपमहासचिव र पर्यटन प्रवद्र्धन समितिको संयोजक पनि हुँ। थप केही देशहरुमा पनि पर्यटन प्रवर्द्धकको नियुक्ती होला। पर्यटन मन्त्रीज्युसँग लामो समय काम गरेका साथीहरुलाई पनि समेट्न भनेको छु। मेरा धेरै विदेशी साथी हुनुहुन्छ। एकजना रसियन साथीले पुन काम गर्न चाहान्छु भनेर मलाई भन्नुभएको छ। न्युजील्याण्डका साथीले म पुन पर्यटन पर्यटनका लागि काम गर्न तयार छु भन्नुभएको छ। त्यसलाई मैले मन्त्रालयमा पुर्याइसकेको छु। नेपाल सरकारले अपेक्षा गरेजस्तै नेपालको पर्यटन प्रवर्द्धनको लागि काम गर्ने योजना हामीसँग छ।

    नेपालको पर्यटकीय विकासको लागि कुन-कुन ठाउँ महत्वपूर्ण छ ?
    सहासिक र वाइल्ड लाइफको लागि नेपाल उत्कृष्ठ गन्तव्य हो। संसारकै अग्लो चुचुरो सगरमाथा, एक सिंगे गैडाको पहिचान भएकाले नेपाल अत्यन्तै महत्वपूर्ण गन्तव्य हो। त्यस्तै नेपाल गौतम बुद्ध जन्मेको देश पनि हो। संसारका एक तिहाइ जनसंख्या बुद्ध धर्म मान्छन्। त्यसैले नेपाललाई धार्मिक गन्तव्यको रुपमा पनि संसारलाई चिनाउन सकिन्छ। त्यसैले हामीले सगरमाथा, वाइल्ड लाइफ र लुम्बिनीलाई ब्राण्डीङ गर्नुपर्छ।
    नेपालका डिप्लोमेटिक मिसनहरु विभिन्न देशमा छन्। उहाँहरुसँग पनि हामीले यस विषयमा समन्वय गरेका छौं। पर्यटकीय वातावरणको लागि कनेक्टीभिटी, नेपालको राजनीतिक अवस्था, शान्ति सुरक्षा, पूर्वाधारहरु हुन्। यी र कतिपय साना कुराहरुलाई ध्यान दिन जरुरी छ। निजी क्षेत्रले अत्यन्तै महत्वपूर्णका साथ पर्यटनलाई बोकेको छ। नेपालको रोजगार र विदेशी मुद्रालाई नेपालमा भित्राउन पर्यटन महत्वपूर्ण माध्यम हो। हामीले केही कुराहरुलाई ब्राण्डीङ गरेर पर्यटकीय वातावरण निर्माण गर्नुपर्छ।

    नेपालको पर्यटन क्षेत्र कोरानाले थलिएको थियो। अहिले केही पर्यटकीय चहलपहल बढेको छ। तर कोभिड अघिको अवस्थामा अझै फर्केको छैन। पर्यटक आगमनलाई कोभिड अघि भन्दा धेरै बढाउन कत्तीको सम्भव छ?
    विनासकारी भुकम्प, विश्वलाई अफ्ठारो पार्ने गरि कोभिड १९ ले नेपालको पर्यटनलाई क्षति पुर्यायो। पर्यटन क्षेत्रमा परेको प्रभावले होटल व्यवसायी साथीहरु ठूलो मारमा हुनुहुन्छ। बैंकको किस्ता तिर्न नसकेर समस्यामा हुनुहुन्छ। सरकारले उहाँहरुलाई सहयोग गर्न जरुरी छ भन्ने मलाई लाग्छ। पर्यटन नीति परिवर्तन गरेर भएपनि बैंकिङ व्याजदरमा सहुलियतका कार्यक्रमहरु ल्याएर सरकारले व्यवसायमा सपोर्ट गर्नुपर्छ। संसारभर कोभिडपछि घुम्ने प्रचलन बढेको छ। त्यसैले हामीले पर्यटकहरुलाई आकर्षण गर्न विभिन्न खालका प्याकेजहरु, डिजिटल प्रमोसनमा हामीले ध्यान दिनुपर्छ। केही कामहरु नेपाल सरकार, पर्यटन बोर्ड, गैर आवसिय नेपाली संघको तर्फबाट गर्दै आएका छौं। आफ्नो देशमा साथीहरु पठाउँ भन्ने क्याम्पियन गैर आवसिय नेपाली संघले गर्दै आइरहेका छ। मुलुक बाहिर मेला महोत्सव गरेर नेपाललाई चिनाउने, मौलिक भेषभुषामा सजिएर नेपालको कला संस्कृतिको संरक्षण गर्दै विश्वका विभिन्न देशहरुमा पर्यटन प्रवद्र्धन गर्दै आएको छ।
    नेपाल सरकारले २०२३–०३३ लाई पर्यट दशक भनेको छ। गैर आवसिय नेपाली संघ र हामी पर्यटन प्रवद्र्धकहरुको लक्ष पनि त्यसलाई सपोर्ट गर्ने र आगामी दिनमा अझै बढि पर्यटक आकर्षित गर्ने हो। हामीले नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देह प्रवाह गर्छौ। त्यसको लागि हामीले पिपुल टु पिपुल अर्थात जुन जुन देशमा बस्छौं ति देशका स्थानिय सरकार, त्यहाँका पर्यटन व्यवसायी साथीहरुसँग समन्वय गर्ने र नेपालको यात्राको लागि उत्प्रेरित गर्न हाम्रो भूमिका रहिरहने छ।

    यहाँ संयुक्त अधिराज्य वेल्सको पर्यटन प्रवर्द्धक नियुक्त हुनुभएको छ। वेल्स अनि संयुक्त अधिराज्यमा नेपालको पर्यटन प्रति कस्तो दृष्टीकोण छ। उनीहरु नेपाल आउन कत्तीको खोज्छन्। यहाँका कस्ता गन्तव्यप्रति आकर्षित हुन्छन् ?
    संयुक्त अधिराज्य इग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्देन आयरल्याण्ड गरि ४ देश रहेका छन्। संयुक्त अधिराज्य अर्थात बेलायतसँग नेपालको पुरानो दैत्त सम्बन्ध छ। विगतमा राजा र राजपरिवारहरु नेपालमा सिकारको लागि आउने गर्दथे, गुणस्तरिय पर्यटकहरु नेपालमा आउने महत्वपूर्ण देश मध्ये बेलायत पर्दछ। त्यहाँका पर्यटकहरु नेपालको वाइल्ड लाइफ, सहाशिक पर्यटकसँगै सगरमाथा आरोहणको लाग आउनेहरुको संख्या धेरै छ। वेल्स केही फरक छ। खानीहरु भएको क्षेत्र हो। नेपालीहरु भएको क्षेत्र कम छ। यहाँ नेपालीहरु केही व्यवसायमा, कतिपय गोरखा ग्रुपमा हुनुहुन्छ।

    वेल्समा बसोबास गर्ने नेपाली र बेलायतमा बस्ने नेपालीहरुको संयुक्त लगानीमा त्यहाँ एउटा नेपाली भिलेज स्थापना गरिएको छ। त्यहाँ नेपाली चौतारी, ढुंगेधारा नेपाली कला संस्कृतिसँग जोडिएका ढिँकी, जातो, स्याउ, जस्ता सामाग्री त्यहाँ राखिएको छ। नेपाली भिजेजको माध्यमबाट वेल्समा नेपाललाई चिनाउने काम भइरहेको छ। एक प्रकारले कर्पोरट मोडलमा नेपाली भिजेललाई लैजान खोजिएको छ। यसले नेपाललाई बेलायतमा चिनाउने र बेलायत भरका नेपालीहरुलाई त्यहाँ नेपाली भिलेजमा उपस्थित गराएर दैनिक रुपमा त्यहाँ विभिन्न खालका गतिविधि गर्ने गरेका छौं। यसले नेपालको मौलिकता र पर्यटनलाई पनि चिनाउने काम गरेको छ।

    पोखराको धम्पुस र बेल्सको नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरेर त्यहाँको टिम नेपालमा आउने र नेपालका मेयरहरु त्यहाँ जाने क्रम पनि छ। विशेष गरि पर्यटन व्यवसायी, कोलिन पावेल लगायतसँग त्यहाँ भेट्ने छलफल गर्ने प्रक्रिया चलिरहेको छ। अघिल्लो कार्यकालमा पनि पर्यटन दुतको रुपमा मैले त्यहाँका मेयर स्थानिय सरकारका प्रतिनिधिहरुसँग भेट्ने अवसर प्राप्त गरें। त्यहाँका मेयर आएर पोखराका मेयरसँग भेट गराउने कामदेखि पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग एउटा मिटीङ गराउने मैले काम गरेको छु। पर्यटन प्रवद्र्धकको रुपमा नियुक्त भएपछि पनि मैले उहाँहरुसँग समन्वय सुरु गरेको छु।
    नेपालको पर्यटनको लागि त्यहाँ म्याराथन पनि हामीले सञ्चालन गर्ने गरेका छौं। त्यसमा हामी सहयोग गर्दै आएका छौं। टुरिजम बोर्डबाट डेनमार्कको लागि मानार्थ जनप्रतिनिधिको रुपमा हुँदा पनि हामीले त्यहाँ सपोर्ट गर्ने अवसर प्राप्त गरेका थियौं। नेपाली भेसभुषाको पहिचान उजागर गरेर गोर्खा नेपाली टिमले अत्यन्तै महत्वपूर्ण काम गरेकोे छ। नेपालको पर्यटन प्रवद्र्धनको लागि त्यो कोशेढुंगा सावित भएको छ।

    नेपालबाट संयुक्त अधिराज्य पुगेपछि पर्यटन प्रवर्द्धनको सुरुवात कहाँबाट गर्नुहुन्छ ?
    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पर्यटन प्रवद्र्धन परिषदको म संयोजक हुँ। वेल्स र युकेमा मात्र नभई मैले विश्वभर नै नेपालमा पर्यटन प्रवद्र्धन गर्ने अभियान सञ्चाल गर्नुपर्छ। एक्सन प्लान सहित मैले संसारभरका साथीहरुलाई राखेर एउटा कमिटि बनाएको छु। गैरआवसीय नेपाली संघकै माध्यमबाट हामीले विभिन्न देशहरुमा अभियान तथा कार्यक्रम चलाउँछौं। वेल्स र बेलायतको लागि मात्र नभएर, विश्वभरी नै जहाँ जहाँ गैर आवसीय नेपाली राष्ट्रिय समन्वय परिषद र नेपाली साथीभाइहरु हुनुहुन्छ उहाँहरुसँग मिलेर हामीले कार्यक्रम गर्नेछौं। म वेल्स भन्दा पनि संसारभरबाट एकैपटक नेपालको पर्यटन प्रवद्र्धनको लागि एक्सन प्लान सहित सुरु गर्दैछौं। केही कार्यक्रमहरु सुरुवात भइसकेका छन्। अहिले जापानमा महोत्सव भइरहेको छ। अमेरिकामा अत्यन्तै महत्वपूर्ण कार्यक्रमको सुरुवात भएको छ। हामी पुगेपछि वेल्समा म्याराथन लगायतका कार्यक्रम गर्दैछौं। त्यहाँका स्थानिय सरकार अनि थप नगरपालिकासँग समन्वय हुने छ।
    बेलायतमा रहेका नेपाली मुलका ब्रिटेनका नागरिकहरु साथीहरु जो मेयर काउन्सीलर भइसक्नुभएको छ। उहाँहरुसँग भेटघाट, कुटनीतिक निकाय तथा दुताबाससँग बसेर बार्षिक नीति तथा कार्यक्रमहरु बनाउने, नेपालको पर्यटनको लागि कसरी संयुक्त रुपमा काम गर्न सकिन्छ भनेर छलफल गर्ने लगायतका काममा अब हामीव्यस्त हुन्छौं। भरतपुर महानगरपालिकाले भिजिट भरतपुरको उद्घाटन गर्यो। यसको अन्तराष्ट्रिय संयोजकको रुपमा मैले भूमिका पनि निर्वाह गरिरहेको छु। अहिले भरतपुर महानगरपालिकाको मेयर लण्डन, पेरिस, बेल्झीयम हुँदै विभिन्न देशका मेयर, स्थानिय सरकारका प्रमुखहरुलाई भेट्ने निम्ता दिने गर्नुभएको छ। यस्तै लुम्बिनी सांस्कृतीक नगरपालिकाको म अन्तर्राष्ट्रिय समन्वय कर्ताको रुपमा पनि छु।

    बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनको लागि यहाँको भूमिका के हुन्छ ?
    विशेष त बुद्धको विषयमा अहिले जति काम भएका छन्। ति आँफैमा सह्रानीय छन्। गौतम बुद्धको बारेमा ब्राण्डीङ गर्न जरुरी छ। विश्वका विभिन्न देशहरुमा रहेका बुद्धिष्ट समितीहरुसँग सिधै सम्पर्क गराएर बुद्ध जन्मस्थल लुम्बिनी र ती देशहरु जोड्नुपर्छ। त्यसको लागि हामीले पुलको लागि काम गर्न तयार छौं। केही दिनमा हामीले लुम्बिनी विकास कोष र बुद्ध परिपथका चार वटै नगरपालिकाका बीचमा गैरआवसीय नेपाली संघको तर्फबाट एउटा एमओयु गर्दैछौं।
    बुद्ध परिपथलाई कसरी विभिन्न देशमा पुर्याउने बुद्धत्वलाई कसरी संसारमा प्रचार प्रसार गर्ने भन्ने भन्ने उदेश्यले हामीले एमओयु गर्न लागेका हौं। एमओयुको माध्यमबाट बुद्ध धर्म बाहुल्य भएको देशमा हामीले विभिन्न कार्यक्रम गर्ने छौं। बुद्धको महिमालाई संसारभर पुयाउने काममा हामीले काम गर्ने छौं।