२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • समृद्धि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू, १९ देशका राजदुत सहभागी

    लुम्बिनी, – ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन बिहीबारदेखि सुरु भएको छ। परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा सम्मेलन शुरू भएको हो। सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनि बुद्व जन्मस्थल मात्रै नभई बौद्व दर्शनको उदगम भूमि रहेको बताए।

    उनले बुद्व र लुम्बिनीलाई अलग बुद्वका शिक्षाले वसश्वमा शान्ति स्थापनामा महत्वपूर्ण विश्वले अंगिकार गर्नुपर्ने उल्लेख गरे। नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको भन्दै श्रेष्ठले विश्वमा देखिएको द्वन्द्वलाई धुव्रिकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने धारणा राखे। विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उनको भनाइ छ।

    श्रेष्ठले शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउ लुम्बिनि रहेको बताए । चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनि भ्रमण गरेको स्मरण गर्दै श्रेष्ठले भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे। समारोहमा लुम्बिनि विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे०, पूर्वमन्त्री देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो।

    सो अवसरमा लुम्बिनि म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्निमा उदासले प्रस्तुती राख्दै बुद्व जन्मस्थल लुम्बिनि विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताईन। सम्मेलनमा बुद्विजम आर्ट ईन नेपललीज आर्टका प्रोफेर डा नरेश शाक्य, पदम ज्योतीले बोल्दै लुम्बिनिमा गैरआवासिय राजदुहरूलाई स्वागत गरे।

    विभिन्न देशका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा आएर बुद्व, शान्ती र समृद्विका बिषयमा छलफलमा सहभागी भएका हुन्। सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, ््आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन ।बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका उनीहरू बुटवल स्थिति लुम्बिनि केवल कारको भ्रमण गरेका थिए ।

    सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिँने जनाईएको छ । शुक्बार लुम्बिनि भ्रमण गर्ने कार्यसूचीहेको छ । त्यसपछि टाईगर रिसोर्टमा छलफल गरि सम्केलन सकिनेछ ।