२०८१ आश्विन २१ गते, सोमबार ११:१२
  • गैरआवासिय राजदुतहरुको लुम्बिनी सम्मेलन सम्पन्न

    बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश

    लुम्बिनी- बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश प्रवाह गर्दै शान्ति र समृद्धिको लागि लुम्बिनी सम्मेलन सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलन शुक्रबार सम्पन्न भएको हो। सम्मेलनको अन्तिम दिन लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितीमा विभिन्न देशका गैरआवासिय राजदुत र महावाणिज्य दुतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कुटनितिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन्।

    मायादेवी मन्दिर परिसरमा कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए। उनले बुद्धको शिक्षा बैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने धारणा व्यक्त गरे ।
    बुद्व दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेशन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने श्रेष्ठको भनाइ छ । ‘तपाईं क्रश्चियन हुनुहोस, मुस्लिम वा हिन्दु, तर मेडिटेशन सबैले गर्दा मन शान्ति हुन्छ’ उनले भने ‘लुम्बिनी जुनसुकै धर्म मान्नेहरूले अंगिकालाई लिन सकिन्छ।’ उपप्रधानमन्त्री श्रेष्ठले खुशि, शान्ति र सन्तुष्टिका साथ बाच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने बताए ।

    संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थललाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पु¥याउने विश्वास लिए। उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताए ।

    यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासिय राजदूत र महावाणिज्यदुतहरुलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा९खेन्पो छिमे०ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताए। उनले विश्व शान्ति प्रवद्र्धनमा गर्ने र विश्वमा देखिएको द्धन्द्ध समाधान गरि सहिष्णुता कायम गर्ने उल्लेख गरे। विहिबारदेखि शुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरु र सरकारी अधिकारीहरु बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्व, शान्ती र समृद्विका लागि एकताबद्ध भई सन्देश दिएका हुन।

    बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वमा बढ्दै गएको द्वन्द र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णु कुमार अग्रवालले बताए।
    कार्यक्रममा इन्डोनेशियाका राजदुत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतले आ आफ्ना भनाइ राखेका थिए। कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी,बोर्ड सदस्य, पर्यटन व्यवसायी लगायतको सहभागीता रहेको थियो।

    दुई दिने सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, ््आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका हुन। नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक चन्द्र ढकालले जानकारी दिए ।