२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • पर्यटन मन्त्री तामाङद्वारा लुम्बिनीमा निर्माणाधीन विश्वशान्ति धामको अवलोकन

    लुम्बिनी- बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पीस सेन्चुरी अर्थात विश्वशान्ति धामको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले अवलोकन गरेका छन्।  अवलोकनसँगै मन्त्री तामाङले विश्व शान्ति धाम निर्माणका अभिभावक महागुरु श्याल्पा तेन्जिग रिन्पोछेसंग समेत भेटवार्ता गरे।

    धामको पुनर्निर्माणको लागि गत मङ्सिर महिनामा जगमा ढुङ्गा बिछ्याउने कार्यको सुरुवात भएको थियो। निर्माण स्थलमा विश्वकै प्रख्यात प्राविधिकहरुको निगरानीमा दैनिक सयौँको संख्यामा कामदारहरु कार्यरत छन।

    सो अवसरमा पर्यटन मन्त्री तामाङले  विश्वशान्ती धामको निर्माण तीव्र गतिमा भैरहेको भन्दै खुशी व्यक्त गरे। विश्वव्यापी शान्ति अभियानका  लागि सुरु गरेको यो अभियान ज्यादै प्रशंसनीय रहेको उनको भनाइ छ। मन्त्री तामाङ्ले  यो  भवन एउटा संरचना मात्र नभै विश्वकै शान्तिको केन्द्रविन्दु बनाउन पर्ने र यो कार्यमा नेपाल सरकार साथमा सधैं  रहने प्रतिबद्धता व्यक्त गरे।

    महागुरु श्याल्पा तेन्जिग रिन्पोछे विश्वमै एक मात्र शान्ती गन्तव्यको केन्द्र नेपाल र बुद्धको जन्मस्थल लुम्बिनी रहेको भन्दै सारा नेपाली यो अभियानमा जोडिनुपर्ने बताए। करोडौं विदेशी भगवान् बुद्धले प्रतिपादन गरेको धर्मका लागि लालायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने समेत उल्लेख गरे।

    स्थलगत अवलोकनको क्रममा लुम्बिनी विकास कोष उपाध्यक्षमा ल्हारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य लगायतको सहभागीता थियो।