२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • भैरहवाको ’सिद्धार्थ भिलासा’ले पाँचतारा होटलको इजाजत

    भैरहवा- रुपन्देहीको भैरहवाको ’सिद्धार्थ भिलासा’ले पाँचतारा स्तरको होटलको मान्यता पाएको छ । सिद्धार्थ हस्पिटालिटी गु्रपले सञ्चालनमा ल्याएको होटललाई पर्यटन विभागले स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँच तारा बर्गिकरणको इजाजत दिएको हो। पर्यटन ऐन अनुसार पाँच तारा स्तरमा बर्गिकरण गरेको विभागले जनाएको छ।

    सिद्धार्थ भिलासामा एउटा एक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र  ७७ एक्जुकेटिभ डिलक्स  गरी ८५ वटा रूम रहेका छन्। साना ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल रहेको छ। जस मध्ये एक हजार पाँच सय जना क्षमताको ब्याङ्क्वेट हल समेत छ। जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले बताए।

    त्यस्तै पाँचवटै रेस्टुरेन्ट आउटलेट छन्। होटलमा जिम, ज्याकुजी, स्टिम, स्पालगायत वेल्नेस सुविधा उपलब्ध छन्। हाल दुई सय जनाले रोजगारी पाएका छन्।
    होटल ५ विघा क्षेत्रफलमा फैलिएको छ। स्थापनाको छोटो समयमै ’डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याइरहेको सिइओ न्यौपानेले बताए। छिट्टै क्यासिनो सञ्चालनमा ल्याउने र त्यसपछि पाँच सय जनालाई रोजगारी मिल्ने उनले जानकारी दिए। यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए।

    सिद्धार्थले ’भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ।