२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • चैत्र २३ र २४ मा लुुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने

    लुम्बिनी – यही चैत्र २३ र २४ गते लुुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, चिनिया राजदुतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषदको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा महोत्सव हुन लागेको हो । लुम्बिनीको झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसिएसन अन्तराष्ट्रिय शान्ति महोत्सवको सह आयोजकको रुपमा रहने छन् ।

    २ दिने महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय म्याराथन, ध्यान दिवस र पिस कन्सर्ट आयोजना हुने लुम्बिनीमा आज आयोजित पत्रकार सम्मेलनमा बतइएको थियो । महोत्सवले लुम्बिनीलाई विश्व शान्ती र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा प्रवद्र्धन गर्न सघाउ पुर्याउने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    महोत्सव अन्तर्गत चैत्र २३ गते विहान ७ बजे लुम्बिनीको पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान दिवसको कार्यक्रम हुने छ । सोही दिन साँझ शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद विषयमा सम्वाद कार्यक्रम आयोजन हुने छ । २४ गते विहान अन्तराष्ट्रिय शान्ति म्याराथनको हुने छ । त्यसै गरि २४ गते साँझ लुम्बिनी शान्ति कन्सर्टको आयोजना हुने छ ।
    प्रतियोगिता अन्तर्गत पुरुष तर्फ ४२ किलोमिटर को म्याराथन दौड हुने छ । महिला तर्फ २१ किलोमिटर हाफ म्याराथन आयोजना हुने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए । यस्तै ५ किलोमिटरको रोड रेस र विद्यालयका छात्र छात्राको लागि ३ किलोमिटरको वाकाथन प्रतियोगिता पनि समावेस गरिएको उनले बताए ।
    फूल म्याराथन तर्फ प्रथम पुरस्कार ५ लाख, दोस्रोलाई ३ लाख र तेस्रो हुनेले २ लाख रुपैया प्रदान गरिने छ । महिला हाफ म्याराथन तर्फ प्रथम, दितिय र तृतीयको लागि क्रमश २ लाख, १ लाख ६० हजार र १ लाख २० हजार रहेको छ ।
    महोत्सवले लुम्बिनीमा चिनिया पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको पूर्व पर्यटन मन्त्री समेत रहेका जिवनराम श्रेष्ठले बताए ।

    लुम्बिनी शान्ति कन्सर्टमा गायीका आनी छोइङ डोल्मा, चिनिया गायक उलान तुया, गुकिन कलाकार लु निङ ल लगायतले आफ्ना प्रस्तुति प्रस्तुत गर्ने छन् ।
    चिनीया राजदुतावासका उप्रमुख वाङ जिङले नेपाल र चिन मिलेर गरिने यस्ता कार्यक्रमले दुई देशको सम्बन्ध प्रकाढ बन्ने बताए ।

    पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले नेपाल आउने पर्यटकको लागि लुम्बिनी मुख्य गन्तव्य रहेको भन्दै महोत्सवले पर्यटन प्रवद्र्धनका साथै विश्वव्यापी मानवताको लागि शान्तिको सार प्रवद्र्धन गर्ने उल्लेख गरे ।

    लुम्बिनी र यसको मौलिक मुल्य शान्ति र संस्कृतिलाई उजागर गर्न कार्यक्रमलाई विश्वव्यापी रुपमा प्रचार गरिने पत्रकार सम्मेलनमा बताइएको थियो । साथै चिनमा समेत यो कार्यक्रमको प्रवद्र्धन गरिने जानकारी समेत दिइएको थियो ।