२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालतर्फ

    भैरहवा -बुद्धजन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवर्द्धन गर्ने उदेश्यले सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा निस्केको छ। बुधबार संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको हो। भ्रमणका क्रममा आन्तरिक पर्यटन प्रवद्र्धनसँगै सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव साटासाट पनि गरिने अध्यक्ष श्रेष्ठले बताए। हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने हो। साथै पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग बाणिज्य संघको अवलोकन गरी अनुभव साटासाट पनि हुने छ। उनले भने। पूर्वी नेपालका उद्योगी(व्यवसायीलाई भैरहवा र आसपासमा लगानी गर्न समेत आह्वान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    संघका बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले भ्रमणका क्रममा सहकर्मी उद्योग बाणिज्य संघहरुमा आबद्ध पदाधिकारी, सदस्य तथा साधरण सदस्हरुलाई भैरहवा, लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न अनुरोध गरिने उल्लेख गरे। हामीले अवलोकन गर्ने संघहरुसँगै ती संघहरु मार्फत सम्बन्धित जिल्लाबासीलाई पनि लुम्बिनी भ्रमणका लागि अनुरोध गर्ने छौं पूर्वी नेपाल यात्राले रुपन्देहीमा अधिक रुपमा आन्तरिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास छ। उनले भने।
    संघले पूर्वी नेपाल भ्रमणका क्रममा ती क्षेत्रका आधादर्जन उद्योग बाणिज्य संघहरुसँग छलफल गर्ने छ भने लुम्बिनी भ्रमणका लागि अनुरोध गर्ने छ।

    संघका महासचिव कृष्णप्रसाद घिमिरेका अनुसार चितवन उद्योग बाणिज्य संघ, रत्ननगर उद्योग बाणिज्य संघ, मकवानपुर उद्योग बाणिज्य संघ, बिरगंज उद्योग बाणिज्य संघ, जनकपुर उद्योग बाणिज्य संघ, मोरङ उद्योग संघ, धरान उद्योग बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघको अवलोकन गरि व्यवसायिक अनुभव आदानप्रदान गरिनेछ।
    संघको टोलीले भैरहवा, लुम्बिनी, बुटवल फुलबारी, लुम्बिनी केबलकार, बाउन्नकोटी, मत्स्य हब छपिया, शंकरनगर वनबाटिका, गैडहवा ताल, शिव मन्दिर, अष्ट्रिच फार्म लगायतका गन्तव्यमा भ्रमण गर्न आग्रह गर्ने छ। भ्रमणमा संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संघका पदाधिकारी तथा सदस्यहरु लगायत सहभागी छन्।