२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनकाे उपाधि तिर्थ पुनलाई

    महिला हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठ बिजयी

    लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनकाे उपाधि तिर्थ पुनले हात पारेका छन्। निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा बागलुङका पुनले म्याराथनकाे उपाधि जितेका हुन्।
    उपाधि संगै  उनले नगद ५ लाख रुपैयां, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्। बिजेता पुन भारतिय सेनामा कार्यरत छन्।
    नेपाली सेनाका खड्क बहादुर खड्का दाेस्राे भएका छन्। उनले २ घण्टा २१ मिनेट ११ सेकेण्डमा साे दुरी पार गरे।  खड्काले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए। त्यस्तै जुम्लाका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेण्डमा सो दुरी पुरा गर्दै  तेस्राे भए। उनले २ लाख रुपैयां पाए।
    प्रतियोगितामा अनिस थापा चँैथो स्थानामा रहे । उनले १ लाख रुपैया पुरस्कार पाए । त्यसै गरी  किरण बोगटी पांचौं, सुशिल कुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरे ले दशौं स्थान हांसिल गरे । पाचौ देखि १० औं स्थान सम्म आउनेले क्रमश ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।

    महिलातर्फको हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधी जितेकी हुन् । त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थानमा आउन सफल भईन् । 
    एपीएफकी पुष्पा भण्डारीले सो दुरी  १ घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै तेश्रो स्थानमा आईन् । विजेता श्रेष्ठले  स्वर्ण पदक सहित २ लाख, न्यौपनेले रजत पदक र  १ लाख ६० हजार तथा भण्डारीले काश्य पदक र १ लाख २० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् ।
    त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्धितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्धितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कल बहादुर पाल द्धितीय र गणेश सिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्धितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः जनही १५, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।

    विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, चिनियां राजदुत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार प्रदान गरेका थिए । म्याराथन, हाफ म्याराथन तथा पाँच किमि दौडको सुरु तथा अन्त लुम्बिनी स्कवायरमा भएको थियो । विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६( चैत्र २४ शनिवार)को अवसरमा नेपाल ओलम्पिक कमिटिको मुल आयोजना तथा नेपाल स्थित चिनियादुताबास, लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी प्रदेश खेलकुद परीषदको सहकार्यमा प्रतियोगिता भएको हो ।

    सुरु भएको छ । गत वर्ष नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीले आयोजना गरेको म्याराथन यस वर्ष भने नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा म्याराथनको आयोजना गरेका हुन् । यो लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको दोस्रो संस्करण हो ।